तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा सामाजिक युवा क्लव र बागीश्वरी मजुवा युवा समाज विजयी

तेश्रो भक्तपुर कप २०८०: आजको खेलमा सामाजिक युवा क्लव र बागीश्वरी मजुवा युवा समाज विजयी : Icon Khabar

भक्तपुर, फागुन २० । भक्तपुर युवा टीमको आयोजनामा जारी तेश्रो भक्तपुर कप २०८० अन्तर्गत आज पनि दुई खेल सम्पन्न भएको छ। आइतबारको खेलमा सामाजिक युवा क्लव र बागीश्वरी मजुवा युवा समाज विजयी भएका छन् ।

आज सामाजिक युवा क्लब र सिद्धि स्मृति भक्तपुर फुटवल क्लवबीच भएको पहिलो खेलमा सामाजिक युवा क्लबले सिद्धि स्मृति भक्तपुर फुटवल क्लबलाई २-१ गोलले पराजित गर्यो।

आजै भएको बागीश्वरी मजुवा युवा समाज र भक्तपुर बहुमुखी क्याम्पसबीच भएको दोश्रो खेलमा बागीश्वरी मजुवा युवा समाजले भक्तपुर बहुमुखी क्याम्पसलाई ३-० गोलले पराजित गर्यो।

उदायीमान खेलाडीका रूपमा सुशील कार्की र प्रशान्त लामा घोषित भए। त्यसैगरी उत्कृष्ट खेलाडीका रूपमा ओसिन राई र निरज लामा घोषित भए।

Published Date: 03 March 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने