काठमाडौंमा वर्षाका कारण विमान अवतरण हुन मुश्किल

काठमाडौंमा वर्षाका कारण विमान अवतरण हुन मुश्किल : Icon Khabar

काठमाडौं, फागुन २० । आइतबार दिउँसो अचानक परेको वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । अचानकको वर्षाका कारण पोखराबाट काठमाडौं आएको बुद्ध एयरको विमान काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेपछि आकाशमै होल्ड भएको थियो । केही मिनेट अघिमात्र उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

त्यस्तै कोलकत्ताबाट काठमाडौं आइरहेको विमान एयर इण्डियाको विमान पनि सिमरा क्षेत्रमा धेरै समय होल्डमा परेपछि अहिले अवतरणको क्रममा छ ।

त्यस्तै विराटगरबाट काठमाडौं आइरहेको सौर्य एयरलाइन्सको विमान समेत सिमक्षा क्षेत्रमा लामो समयदेखि होल्डमा परेको छ । विमानस्थल स्रोतक अनुसार पानी पर्न रोकिए पछि विमानको उडान तथा अवतरण सुचारु भएको जनाएको छ ।

Published Date: 03 March 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी