लोकेश्वर साकोसको अध्ययन अवलोकन भ्रमण तथा बनभोज कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसको अध्ययन अवलोकन भ्रमण तथा बनभोज कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २० । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.कोे आयोजनामा संस्थाका सदस्यहरुलाई काभ्रे जिल्ला स्थित जय श्री भीमसेन (मुलखर्क भिमसेन) अध्ययन अवलोकन भ्रमण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका ३०० भन्दा बढी सदस्य तथा बाल सदस्यहरुको उपस्थिति रहेको सो भ्रमणको औपचारिक कार्यक्रममा बोल्दै अतिथि साविक भनपा १५ वडाका वडाअध्यक्ष रविन्द्र खर्बुजाले भ्रमण स्थलको धार्मिक महत्व र उक्त स्थानको किम्वदन्ती तथा विकास क्रमका बारेमा चर्चा गरेका थिए। भ्रमणबाट मात्रै सदस्यहरु नयाँ ठाउँको र सो क्षेत्रको भौगोलिक स्थितिबारे बुझ्न सकिनेहुँदा यस्तो भ्रमण गर्नुपर्ने जनाए।

अर्का अतिथि भनपा २ नम्बर वडा सदस्य श्यामसुन्दर मातांले उक्त स्थान ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्व बोकेको स्थान रहेता पनि धेरैलाई उक्त स्थानको जानकारी नभएकोले यस्ता स्थानको खोजी गरी विकास गर्नुपर्ने कुरा राखे । संस्थाबाट आयोजित भ्रमणबाट सदस्यहरुले देशको लुकेर रहेकोे स्थानको बारेमा थाहा पाउने अवसर प्राप्त भएको जानकारी दिए ।

कार्यक्रमका अर्का अतिथि भनपा २ नम्बर वडा महिला जनप्रतिनिधि मन्जुमैंया लाखाजुले भक्तपुर नगरपालिकाले संचालन गर्दै आएको स्वास्थ्य सेवा सम्बन्धी घरदैलो नर्सिड्ड सेवा, अन्य विविध गतिविधिहरुको बारेमा जानकारी दिईन् ।

संस्थाका सबै उमेर समूहका सदस्यहरुको उत्साह जनक उपस्थिति रहेको भ्रमणमा खुसी व्यक्त गर्दै संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्थाले वित्तिय कारोबार मात्रलाई नभई सदस्यहरुको आर्थिक एवं सांस्कृतिक स्तर उकास्ने कार्यक्रमहरुका साथै सदस्यहरुको चाहना अनुसार मनोरञ्जनात्मक, धार्मिक आस्था बोक्ने र शैक्षिक जानकारी मूलक अध्ययन अवलोकन भ्रमणको आयोजन गरेकोे बताए। उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे।

संस्थाका संचालक सदस्य एवं युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको कार्यक्रममा सदस्यहरुलाई मनोरञ्जनात्मक खेलकुदहरुको आयोजना भएको थियो भने कार्यक्रममा युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्य इन्द्रभक्त पंचले पनि बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2024
Website | + posts