भक्तपुर, फागुन १८ । आदर्श आजाद मा वि, भक्तपुरको आयोजना कक्षा ११/१२ स्तरीय वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई स्वदेशमै रोजगारी दिइ देशलाई आत्मनिर्भर बनाउन तिर अग्रसर हुनुपर्ने कुरा बताउदै आजका विद्यार्थी भोलिका कर्णधारहरु विदेशी भूमिमा गएर भन्दा स्वदेशमै केही गरेर बस्नुपर्ने धारणा राखे ।
विद्यार्थीहरुले पाठ्यपुस्तक सँगसँगै अतिरिक्त क्रियाकलापमा सकृय सहभागी भए , व्यक्तित्व विकास हुनुका साथै एउटा असल सक्षम योग्य नागरिकको रुपमा तयार हुने विचार प्रमुख अतिथि बिजुक्छेंले जोड दिए । उनले सहभागी विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै अतिरिक्त क्रियाकलापहरु नियमित संचालन गर्नुपर्ने कुरामा जोड दिए।
उक्त कार्यक्रमका अर्का अतिथि कक्षा११/१२ स्तरीय परीक्षा समिति भक्तपुरका अध्यक्ष अम्बिका न्याइच्याइले समितिले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको बताईन्।
आदर्श आजाद माविका प्रअ एवं कार्यक्रमका सभापति श्रीकृष्ण किसीले अत्यन्त समसामयिक विषयवस्तुहरु सामाजिक संजाल र यसको उपयोगिता/वैदेशिक रोजगारी र आत्मनिर्भरता जस्ता विषयवस्तु उत्थान गरेर कार्यक्रम आयोजना गरेको बताउदै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नुपर्ने र सामाजिक संजालको सही सदुपयोग गर्नुपर्ने कुरा बताए।
विद्यालयका सह प्रअ चक्रबहादुर चाकतुले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा शिक्षकहरु आशाकुमार चिकंबन्जार, राकेश सुकुपायो र हरिप्रसाद ढकाल समेतले मन्तव्य राखेका थिए।
प्रतियोगितामा छात्रातर्फ आदर्श आजाद माविका सविना ढुंगेल प्रथम, वागिश्वरी माविका राधिका बेकोजु द्वितीय र बासु माविका रंजिता मिजार तृतीय भएका छन भने छात्रतर्फ जोरपाटी माविका सहदेव ढकाल प्रथम, वागिश्वरी माविका रमेश बुढा द्वितीय र देवी माविका करुण थापा तृतीय भएका छन ।