कुशलको अर्धशतकमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

कुशलको अर्धशतकमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, फागुन १८ ।  त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन जोड्यो । औसत सुरुवात गरेपनि मध्यक्रममा आरिफ शेख र कुशल मल्लले राम्रो साझेदारी गर्दै बलियो योगफलतर्फ पुर्याए ।

कुशलले ३६ बलमा १ चौका र ४ छक्कासहित नटआउट ५४ रनको योगदान दिए । आक्रामक सुरुवात गरेका उनको डेथ ओभरमा भने ठूलो सट खेल्ने प्रयास सफल हुन सकेन ।

ओपनर आसिफ शेख दोस्रो ओभरको पहिलो बलमा बेन शिकोंगोको शिकार बने । उनले २ बलमा १ रन जोडे । कप्तान रोहित ९ बलमा १० रन जोड्दै चौथो ओभरको चौथो बलमा क्याच आउट भए ।

ओपनर अनिल शाह सातौं ओभरको अन्तिम बलमा कट बिहाइन्ड भए । उनले १७ बलमा ३ छक्कासहित २३ रन बनाए । त्यसको २ बलपछि गुलशन झा पनि आउट भए । १६ बलमा १ चौका र ३ छक्कासहित २६ रन जोडेका उनी बर्नार्ड स्कोल्जको एलबीडब्लु धरापमा परे ।

पाँचौ विकेटका लागि आरिफ र कुशलले ८५ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफलतर्फ लम्काए । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए । १७ औं ओभरमा ब्रेसलविरुद्ध ठूलो सट खेल्ने धुनमा उनी डिप मिड विकेट बाउन्ड्रीमा फ्रिलिंकको हातबाट समातिए ।

दीपेन्द्र ८ बलमा २ चौकासहित १६ रन जोड्दै शिकोंगोको एलबीडब्लु धरापमा परे । करण केसी ३ बलमा १ छक्कासहित ७ रन बनाएर पेभेलियन फर्किए ।

Published Date: 01 March 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर