करिब ५२ किलो गाँजासहित ५ जना पक्राउ

करिब ५२ किलो गाँजासहित ५ जना पक्राउ : Icon Khabar

मकवानपुर, फागुन १६ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५२ किलोसहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-११ बस्ने ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षीय प्रसान्त प्रजा, ४१ वर्षीय रमेश प्रजा, ४१ वर्षीय दिपलाल प्रजा र मनहरी गाउँपालिका डेरा गरी बस्ने कपिलवस्तु घर भएका ३५ वर्षीय शिरपतिया चौधरी रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले उनीहरूमध्ये दिनेश चेपाङ, प्रसान्त प्रजा, रमेश प्रजा र दिपलाल प्रजा समेत ४ जनालाई करिब ४० किलो र शिरपतिया चौधरीलाई करिब १२ किलो गाँजासहित पक्राउ गरेको हो । ४ जना हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ८३८२ नम्बर र शिरपतिया नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख ६०७६ नम्बरको बसमा सवार थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो