करिब ५२ किलो गाँजासहित ५ जना पक्राउ

करिब ५२ किलो गाँजासहित ५ जना पक्राउ : Icon Khabar

मकवानपुर, फागुन १६ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५२ किलोसहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-११ बस्ने ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षीय प्रसान्त प्रजा, ४१ वर्षीय रमेश प्रजा, ४१ वर्षीय दिपलाल प्रजा र मनहरी गाउँपालिका डेरा गरी बस्ने कपिलवस्तु घर भएका ३५ वर्षीय शिरपतिया चौधरी रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले उनीहरूमध्ये दिनेश चेपाङ, प्रसान्त प्रजा, रमेश प्रजा र दिपलाल प्रजा समेत ४ जनालाई करिब ४० किलो र शिरपतिया चौधरीलाई करिब १२ किलो गाँजासहित पक्राउ गरेको हो । ४ जना हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ८३८२ नम्बर र शिरपतिया नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख ६०७६ नम्बरको बसमा सवार थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published Date: 28 February 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड