नेपाल आइडल सिजन -५ फागुन २५ बाट सुरू हुँदै, १५२ प्रतिस्पर्धी सहभागी हुने

नेपाल आइडल सिजन -५ फागुन २५ बाट सुरू हुँदै, १५२ प्रतिस्पर्धी सहभागी हुने : Icon Khabar

काठमाडौं, फागुन १६ । नेपाल आइडल सिजन-५ फागुन २५ गतेबाट सुरू हुने भएकाे छ । बुधबार पत्रकार सम्मेलन आयाेजना गर्दै आइडलकाे सम्पूर्ण तयारी भइसकेकाे र फागुन २५ बाट सुरू हुने आयाेजकले जानकारी दिएकाे हाे ।

नेपाल आइडल सिजन- ५ मा अघिल्ला सिजनभन्दा विशेष किसिमकाे हुने आइडलका निर्देशक सुरेश पाैडेलले जानकारी दिए । उनकाअनुसार विभिन्न ठाउँबाट १५२ जना प्रतिस्पर्धी आइडलमा सहभागी हुनेछन् । ‘यसपटककाे नेपाल आइडल फरक र विशेष किसिमकाे हुने छ, याे प्लेटफर्म युवा पुस्ताकाबीच अवसर पनि हाे, आइडलले नयाँ गायक साथै लुकेका प्रतिभालाई उजागर गर्नमा मदत पुर्याउने छ,’ उनले भने ।

जज राउण्डबाट छानिएका १ सय ५२ जनाले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन्‌ । यसअघि आइडलमा १२०/ १३० जना सहभागी हुँदै आएका थिए । नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रसारण हुने छ । नेपाल आईडल सिजन पाँचको निर्णायकमा सुरुका तीन संस्करणसम्मका अनुभवी व्यक्तित्वको पुनरागमन भएको छ । पाँचौं संस्करणमा पनि पहिलो, दोश्रो र तेश्रो संस्करणका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन् ।

निर्देशक पाैडेलले हालसम्म विभिन्न नेपाल आइडलमा १२ हजारकाे गीत गुञ्जिसकेकाे बताउँदै सिजन ४ सम्म गाडी, नगद गरेर करिब ४ कराेडकाे पुरस्कार दिइसकेकाे पनि बताए । उनले नेपाल आइडलका १२० भन्दा बढी एपिसाेड प्रसारण भइसकेको पनि बताए ।

यस्तै, नेपाल आइडलका निर्णयक न्ह्यु बज्राचार्यले यस पटकको आइडल उत्कृष्ट हुने बताए । ‘हामीले विभिन्न ठाउँमा पुगेर गायक छनाैट गर्दा अनेकौं प्रतिभाहरू भेटिए, त्यसमध्ये पनि उत्कृष्ट गायक छनाेट गरेका छाैं, उहाँहरूकाे प्रस्तुति दमदार हुने छ ।’ याे प्लेटफर्म युवाकाे लागि अवसर हुने उनकाे भनाई छ ।

झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरापछि संघीय राजधानी काठमाडौंमा भव्यताका साथ ओपन अडिशन भएको थियो । यससँगै डिजिटल अडिशनबाटसमेत प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेतामा क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाई र भूपेन्द्र थापामगर रहेका छन्‌ ।

Published Date: 28 February 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता