अग्लो सिरानीमा सुत्ने बानी छ ? सजग रहनुस्

अग्लो सिरानीमा सुत्ने बानी छ ? सजग रहनुस् : Icon Khabar

काठमाडौं, फागुन १६ । सुत्नका लागि सिरानी सबैभन्दा महत्वपूर्ण कुरा मध्येको एक हो । किनभने सिरानीले हाम्रो निद्राको गुणवत्तामा सीधा प्रभाव पार्छ ।

वास्तवमा, सही तरिकाले सुत्नका लागि एउटा सही सिरानीको छनौट गर्नु महत्वपूर्ण हुन्छ ।

तर के तपाईँलाई थाहा छ, अग्लो सिरानीमा सुत्नु नोक्सानदायक पनि हुन्छ भन्ने कुरा ? धेरै मानिसलाई अग्लो सिरानी नभइ निद्रा लाग्दैन, तर अग्लो सिरानीमा सुत्दा निम्न नोक्सान हुन्छ ।

गर्दन दुख्नु

अग्लो सिरानीको प्रयोगले गर्दनमा असह्य पीडा हुन्छ । लामो समयसम्म अग्लो सिरानीमा सुत्नाले गर्दनको मांसपेशिमा तनाव बढ्छ ।

निद्रामा कमी

अग्लो सिरानीको प्रयोगले निद्राको गुणवत्तामा असर पर्छ । यसले समयमा उठ्ने र सहि समयमा सुत्ने क्षमतालाई कम गर्छ ।

स्पाइनल कर्डको समस्या

अग्लो सिरानीको प्रयोग गर्नाले ढाड दुख्नुको साथै स्पाइनल कर्डको समस्या पनि हुन्छ । यो समस्यामा ढाडको मांसपेशिलाई तनावमा पुर्याउन सक्छ । जुन दुखाईको कारण बन्न सक्छ ।

टाउको दुख्ने र माइग्रेन

अग्लो सिरानीमा सुत्नाले टाउको दुख्ने र माइग्रेनको समस्या हुन्छ । जसले सिरानीले अनुचित पोजिशनमा लग्छ र टाउको दुख्नुको सम्भावना बढ्छ ।

यी सबै नोक्सान हुँदा–हुँदै पनि केहि मानिस अग्लो सिरानीमा सुत्नुको आनन्द लिन्छन् । यद्यपि, तपाईँलाई पनि अग्लो सिरानीमा सुत्दा कुनै पनि प्रकारको समस्या भइरहेको छ भने डाक्टरसंग सम्पर्क गर्नु पर्छ ।

Published Date: 28 February 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड