अग्लो सिरानीमा सुत्ने बानी छ ? सजग रहनुस्

अग्लो सिरानीमा सुत्ने बानी छ ? सजग रहनुस् : Icon Khabar

काठमाडौं, फागुन १६ । सुत्नका लागि सिरानी सबैभन्दा महत्वपूर्ण कुरा मध्येको एक हो । किनभने सिरानीले हाम्रो निद्राको गुणवत्तामा सीधा प्रभाव पार्छ ।

वास्तवमा, सही तरिकाले सुत्नका लागि एउटा सही सिरानीको छनौट गर्नु महत्वपूर्ण हुन्छ ।

तर के तपाईँलाई थाहा छ, अग्लो सिरानीमा सुत्नु नोक्सानदायक पनि हुन्छ भन्ने कुरा ? धेरै मानिसलाई अग्लो सिरानी नभइ निद्रा लाग्दैन, तर अग्लो सिरानीमा सुत्दा निम्न नोक्सान हुन्छ ।

गर्दन दुख्नु

अग्लो सिरानीको प्रयोगले गर्दनमा असह्य पीडा हुन्छ । लामो समयसम्म अग्लो सिरानीमा सुत्नाले गर्दनको मांसपेशिमा तनाव बढ्छ ।

निद्रामा कमी

अग्लो सिरानीको प्रयोगले निद्राको गुणवत्तामा असर पर्छ । यसले समयमा उठ्ने र सहि समयमा सुत्ने क्षमतालाई कम गर्छ ।

स्पाइनल कर्डको समस्या

अग्लो सिरानीको प्रयोग गर्नाले ढाड दुख्नुको साथै स्पाइनल कर्डको समस्या पनि हुन्छ । यो समस्यामा ढाडको मांसपेशिलाई तनावमा पुर्याउन सक्छ । जुन दुखाईको कारण बन्न सक्छ ।

टाउको दुख्ने र माइग्रेन

अग्लो सिरानीमा सुत्नाले टाउको दुख्ने र माइग्रेनको समस्या हुन्छ । जसले सिरानीले अनुचित पोजिशनमा लग्छ र टाउको दुख्नुको सम्भावना बढ्छ ।

यी सबै नोक्सान हुँदा–हुँदै पनि केहि मानिस अग्लो सिरानीमा सुत्नुको आनन्द लिन्छन् । यद्यपि, तपाईँलाई पनि अग्लो सिरानीमा सुत्दा कुनै पनि प्रकारको समस्या भइरहेको छ भने डाक्टरसंग सम्पर्क गर्नु पर्छ ।

Published Date: 28 February 2024
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक