अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डबाट संयुक्त राष्ट्रसंघका महासचिव स्तब्ध

अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डबाट संयुक्त राष्ट्रसंघका महासचिव स्तब्ध : Icon Khabar

संयुक्त राष्ट्रसङ्घ, माघ १०। (सिन्ह्वा) संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको मोन्टेरे पार्कमा भएको सामूहिक गोलीकाण्डबाट स्तब्ध र दुःखी भएको उनका प्रवक्ताले सोमबार बताएका छन् ।

लस एन्जलसको डाउनटाउनबाट १६ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्क सहरमा शनिबार राति भएको सामूहिक गोलीकाण्डमा पाँच महिला र पाँच पुरुषको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्, स्थानीय अधिकारीहरूले आइतबार भने। सोमबारसम्म मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

गुटेरेसले “पीडितहरूका परिवार र प्रियजनहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछ, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,” संयुक्त राष्ट्र प्रमुखका मुख्य प्रवक्ता स्टेफेन डुजारिकले एक विज्ञप्तिमा भने।

Published Date: 24 January 2023
ताजा
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय