प्रतिनिधि सभा बैठकद्वारा २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

प्रतिनिधि सभा बैठकद्वारा २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन : Icon Khabar

काठमाडौं, माघ १०। आज बसेको प्रतिनिधि सभा बैठकले २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको छ।

उक्त समितिमा सांसदहरू अनिता देवी, डा. अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदिप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ र विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही रहेका छन् ।

सो समितिले अबको १५ दिन भित्र मस्यौदा तयार पारी प्रतिनिधि सभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको प्रस्तावका प्रस्ताव सांसद देवेन्द्र पौडेलले जानकारी दिए। नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधि सभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधि सभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 January 2023
Website | + posts




ताजा
दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित