जीमेलसँग कडा प्रतिस्पर्धा गर्न एलोन मस्कले एक्स मेल ल्याउने

जीमेलसँग कडा प्रतिस्पर्धा गर्न एलोन मस्कले एक्स मेल ल्याउने : Icon Khabar

काठमाडौं, फागुन १३ । तपाईँ इमेलको लागि कुन प्लेटफर्म प्रयोग गर्नुहुन्छ ? यो प्रश्नको जवाफ दिनको लागि गुगलको जीमेल सेवाको नाम धेरैजसो मानिसको दिमागमा आउने गर्छ ।

किनकि जीमेल संसारको सबैभन्दा लोकप्रिय इमेल सेवा हो । तर, अब विश्वको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्म एक्स (पुरानो नाम ट्विटर) ले इमेल सेवाको मामिलामा गुगलसँग प्रतिस्पर्धा गर्न लागिरहेकाे खबर सार्बजनिक भइरहेकाे छ ।

वास्तवमा गुगलको जीमेलसँग प्रतिस्पर्धा गर्न एक्सले आफ्नो इमेल सेवा एक्समेल लन्च गर्न लागेको छ । एक्सको इमेल सर्भिसको बारेमा विगत केही सातादेखि चर्चा भइरहेको थियो, तर अब टविटर (एक्स) का मालिक एलोन मस्कले एक्सको इमेल सेवा चाँडै प्रारम्भ हुने पुष्टि गरेका छन् ।

अहिलेसम्म प्रयोगकर्ताहरूले संसारको सबैभन्दा ठूलो इमेल सेवा जिमेलका लागि कुनै राम्रो वैकल्पिक विकल्प फेला पार्न सकेका थिएनन् । तर अब सायद एक्सले संसारभरका प्रयोगकर्ताहरूको यो कमीलाई पूरा गर्न सक्छ ।

वास्तवमा एक्सका कर्मचारीले आफ्नो अधिकारीबाट पोस्ट गरेपछि यो तयारी सार्बजनिक भएको थियाे ।

वास्तवमा, पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एउटा समाचार निकै छिटो फैलिरहेको छ, जसमा गुगलको जीमेल सेवा अर्को वर्षदेखि बन्द हुने बताइएको थियाे । यो खबर फैलिएपछि एक्सले पनि आफ्नो इमेल सेवा प्रारम्भ गर्ने घोषणा गर्‍यो ।

तर, गुगलले उक्त लगत्तै आफ्नो जीमेल सेवा बन्द हुने हल्लालाई ब्रेक लगाएको छ । जीमेलको आधिकारिक एक्स खातामार्फत पोष्टमा गुगलले के कुरा पुष्टि गर्‍यो भने जीमेल सेवा सक्रिय रहने छ, बन्द हुने छैन ।

Published Date: 25 February 2024
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न