आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन १३ । आइतबार, तदनुसार २५ फेब्रुअरी २०२४ । फाल्गुन कृष्णपक्ष प्रतिपदा, पूर्व फाल्गुनी नक्षत्र, सुकर्मा योग, सिंह राशिमा चन्द्रमा, सूर्योदय बिहान ०६:३३ बजे, सूर्यास्त साँझ ०६:०२ बजे ।

आजको राशिफल

मेष: व्यवसाय-व्यापार मनोनुकूल चल्ने छ । स्वास्थ्य कमजोर रहने छ । लाभमा कमी आउन सक्छ ।

वृष: सामाजिक कार्य गर्न मन लाग्ने छ । मान-सम्मान पाइने छ । मेहनतको फल पाइने छ ।

मिथुन: पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । स्वास्थ्य कमजोर रहन सक्छ ।

कर्कट: उपहार प्राप्तिको सम्भावना ‌छ । व्यावसायिक यात्रा सफल रहने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

सिंह: शत्रुबाट सावधान रहनु होला । फजुल खर्चमा नियन्त्रण हुने छैन । आम्दानीमा वृद्धि हुनेछ ।

कन्या: यात्रा लाभदायक रहने छ । सन्तान पक्षबाट नराम्रो खबर आउन सक्छ । डूबेको रकम प्राप्त हुनेछ ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । योजना फलीभूत हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

वृश्चिक: पूजा-पाठमा मन लाग्ने छ । सत्संगका लाभ पाइने छ । प्रसन्नता कायम रहने छ ।

धनु: चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुनसक्छ । वाणीमा हल्का शब्दको प्रयोगबाट बच्नु होला । स्वाभिमानमा ठेस पुग्न सक्छ ।

मकर: यात्रा लाभदायक रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । घरमा सुख-शान्ति रहने छ ।

कुम्भ: ऐश्वर्यका साधनमा खर्च हुनेछ । जागीरमा कार्यको प्रशंसा हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

मीन: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । आनन्दसँग समय व्यतीत हुनेछ । रचनात्मक कार्य सफल रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2024
Website | + posts