ह्वाइटहाउस यु-१९ बास्केटबलमा  ग्राण्डी विजयी, महिलातर्फ जेभियरले उचाल्यो उपाधी

ह्वाइटहाउस यु-१९ बास्केटबलमा  ग्राण्डी विजयी, महिलातर्फ जेभियरले उचाल्यो उपाधी : Icon Khabar

काठमाडौं, माघ ९। ह्वाईटहाउस अन्डर-१९ बास्केटबल प्रतियोगितामा पुरुष तर्फ ग्राण्डी स्पोर्टस् सेन्टर र महिलातर्फ जेभिएर कलेज विजयी भएको छ।

महिलातर्फको फाइनल खेलमा जेभिएर कलेजले बलर्स एकेडेमीलाई २८-२१ अन्तरले स्तब्ध पारेको हो। पुरुष तर्फ भने ग्राण्डीले टाइम्स कलेजलाई ६१ः५६ अन्तरले पराजित गरेको हो। विजेता टोलीले नगद बिस हजार र मेडल तथा प्रमाणपत्र र उपविजेता टोलीले नगद दश हजार प्राप्त गरेको कलेजका खेलकुद विभाग प्रमुख गगन आचार्यले बताए।

तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको आयोजना माघ २ गतेदेखि ९ गतेसम्म जारी प्रतियोगितामा विभिन्न कलेज र प्रतिष्ठानका ११ टोली सहभागी थिए।  प्रतियोगिताको अन्तिम खेल कलेज प्राङ्गणमा सम्पन्न भएको थियो। कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले विजयी टोलीलाई सम्मान गरेका थिए।

‘चिसो मौसममा विद्यार्थीहरूलाई खेलकुदबाट स्वास्थ्य सचेतना र नेतृत्व विकासका लागि अन्तर कलेज स्तरीय प्रतियोगिता आयोजना गरेका हौँ। एक दर्जन टोलीको सक्रिय सहभागीताले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।’ – कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले भने। बास्केटबलबाहेक पनि स्पोर्टस् विकमा कलेज भित्रका प्रतिस्प्रधामा क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस लगायतका खेलहरू सम्पन्न भएका छन्।

 यस प्रतियोगितामा ट्रिनिटी, जेभिएर, निस्ट कलेज, टाइम्स कलेज, ज्ञान निकेतन कलेज, ग्राण्डी स्पोर्टस् सेन्टर, ह्वाइटहाउस कलेज, एलआरआई, ओमेगा कलेज, रोयल स्पोर्टस् एकेडेमी र बलर्स एकेडेमी लगायतका टोली सहभागी भएका थिए।

Published Date: 23 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न