दोस्रो भक्तपुर कप २०७९ आयोजना हुने

दोस्रो भक्तपुर कप २०७९ आयोजना हुने : Icon Khabar

भक्तपुर,माघ ९। भक्तपुर युवा टीमले यहीँ फागुन ५ देखी १३ गते सम्म दोस्रो भक्तपुर कप २०७९ आयोजना गर्ने भएको छ । टीमले सोमवार पत्रकार सम्मेलन गरी दोसो भक्तपुर कप २०७९ को फुटबल प्रतियोगीता भक्तपुरको महेश्वरी खेलमैदानमा आयोजना हुने बताएको हो ।

पत्रकार सम्मेलनमा अतिथि तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले लामो समय खेलकुद प्रतियोगिता नहुँदा खेलाडीको खेल्ने कला ओझेलमा परेको बताउँदै भक्तपुर युवा टीमको सो प्रतियोगितामा आवश्यक सहयोग गर्ने बताए । सोही कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार विश्वराम कवांले मित्रता, अनुशासन र स्वास्थ्यका लागि खेलकुद आवश्यक भएको र युवाहरूलाई विकृति विसंगतिबाट टाढा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप भक्तपुर युवा टीमको स्थापना गरेको बताए ।

कार्यक्रमका सभापति तथा टीमका अध्यक्ष केशव त्वायनाबासुले विगतको कठिन र जटिल परिवेशमा संचालन भएको प्रतियोगितामा भएको साथ र सहयोग अहिले पनि हुने बताउँदै टीमको दर्ता र वैधानिकता लगायत खेल संचालन र प्रशिक्षणमा लिटिल बुद्ध फिल्म निर्माणको सामाग्री प्रयोगको घटना सुनाए । टीमका सचिव रामेश्वर मचामसीले संचालन गरेको उक्त कार्यक्रममा प्रतियोगिताका संयोजक संजीव कवांले प्रतियोगिताका नियम, टीम दर्ता र सहभागिता, खेल तालिका तथा खेल खेल्दा खेलाडीको औषधी उपचार लगायत विविध प्रोत्साहन र प्रमाणपत्रको बारेमा जानकारी दिएका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुका खेलाडी, अम्पायर, रेफ्री र प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले स्थापित भक्तपुर युवा टीमले गत फागुन ६ देखि १४ सम्म पहिलो खुल्ला फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । दोश्रो भक्तपुर कप २०७९ मा विजेताले रू.१२५००० तथा उपविजेताले रू. ६००००, सर्वोकृष्ट खेलाडीले रू.१०००० नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रत्येक म्याचको म्यान अफ दि म्याच र राइजिङ प्लेयर घोषण सहित नगद पुरस्कार प्रदान गरिने बताए । साथै सर्वोकृष्ट फर्वाड, मिलफिल्डर, डिफेन्डर, गोलकिपर तथा कोच प्रत्येकलाई रू.५००० र ट्रफी समेत दिने आयोजकले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2023
जुनिश लाखाजु
+ posts






ताजा
प्रतिनिधि सभा निर्वाचन स्वच्छ बनाउने उद्देश्यले निर्वाचन आयोग र टिकटकबीच समझदारी
बुधबार नेप्से परिसूचक १.६४ अंकले घट्यो
आज विश्व क्यान्सर दिवस, हरेक वर्ष १० लाख मानिसको क्यान्सरका कारण मृत्यु
बुधबार सुनको भाउ प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न