काठमाडौं, माघ २४ । नेप्से परिसूचक बुधबार ४.९२ विन्दुले बढेर २०९०.६४ अंकमा आएको छ ।
आज २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ५ कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । १३ मध्ये ६ समूहका सूचक घटेका छन् भने बाँकी समूहहरु सकारात्मक रहेका छन् ।
आज ३१३ कम्पनीको ७७ लाख ३२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र ङादी ग्रुप पावर रहेका छन् ।
Published Date: 07 February 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1