भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले ‘स्टण्डबाजी’ गर्‍यो : पदम गिरी

भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले ‘स्टण्डबाजी’ गर्‍यो : पदम गिरी : Icon Khabar

काठमाडाैँ, माघ २४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टण्डबाजी गरेको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बहनामा स्टण्डबाजी गरेको आरोप लगाएका हुन् । देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको आरोप लगाए । यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ ।

‘विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार’
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनाैं भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन् । दलालमाफत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ ।

Published Date: 07 February 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै