सरकारलाई रवि लामिछानेको प्रश्न : सबै थाहा रहेछ, किन काम गर्न नसकेको ?

सरकारलाई रवि लामिछानेको प्रश्न : सबै थाहा रहेछ, किन काम गर्न नसकेको ? : Icon Khabar

काठमाडौं, माघ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्तारुढ दललाई काम गर्न किन नसकेको भन्दै प्रश्न गरेका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले नयाँ दलले रोकेको भए कहाँ रोक्यो भन्ने जानकारी दिन आग्रह गरे ।

‘सत्तारुढ दलको कुरा सुनियो । सबै थाहा रहेछ । कहाँ बेथिति विसंगति भएको रहेछ, कहाँ सुधार गर्नुपर्ने रहेछ । नगरेको चाहिँ किन ? सबै थाहा रहेछ । रोकेको कसले ? हामी नयाँ दलले रोकेको हो त ? नयाँ दलले रोकेको भए कहाँनेर रोक्यो ?’, उनले प्रश्न गरे ।

उनले आरोप प्रत्यारोप, छेडखानी भन्दा फरक ढंगले जाने प्रस्ताव गरे । उनले ज्ञान बाँड्न आफ्नै दलतिर हेर्न आग्रह गरे । उनले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरे । उनले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताए । अदालतले फैसला गरेका व्यक्ति दलमा कायम रहेको भन्दै हेर्न आग्रह गरे ।

Published Date: 07 February 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै