मर्निङ्ग ग्लोरीमा वसन्त पञ्चमीको दिन अक्षरारम्भ कार्यक्रम हुने, भर्ना नि:शुल्क

मर्निङ्ग ग्लोरीमा वसन्त पञ्चमीको दिन अक्षरारम्भ कार्यक्रम हुने, भर्ना नि:शुल्क : Icon Khabar

भक्तपुर, माघ २३ । मर्निङ्ग ग्लोरी शैक्षिक गुठीद्वारा संचालित लिवाली-८, भक्तपुर स्थित मर्निङ्ग ग्लोरी किन्डरगार्टनले आगामी फागुन २ गते, वसन्त पञ्चमीको दिन अक्षरारम्भ कार्यक्रमको आयोजना गर्दैछ।

सो किन्डरगार्टनले सरस्वती पूजाको शुभ अवसर पारेर अक्षरारम्भ कार्यक्रमको आयोजना गर्न लागेको हो।

सोही अवसरमा डेकेयर, पीजी, नर्सरी, एलकेजी र युकेजीमा नयाँ भर्नाको कार्यक्रम पनि संचालन हुने जनाएको छ । विद्यालयले जानकारी दिए अनुसार अहिलेबाट नै सो दिनसम्म भर्नाका लागि सम्पर्क राख्ने नानीहरूको लागि नि:शुल्क भर्नाका साथै एक महिनाको ट्युशन शुल्क र वार्षिक शुल्क पनि लाग्ने छैन।

मर्निङ्ग ग्लोरी किन्डरगार्टनले नानीहरूको सर्वाङ्गिण विकासकालागि स्वास्थ्य, खेलकूद, शिक्षा, समाज, सँस्कृती, आदिसँग सम्बन्धित गतिविधिहरू संचालन गर्दै आएको छ।

Published Date: 06 February 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड