माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स भित्राउने लाइसेन्स

माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स भित्राउने लाइसेन्स : Icon Khabar

काठमाडौं, माघ २३ । माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्राउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना बनाएको छ । यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार संचालन गर्ने कम्पनीले जनाएको छ ।

‘हामीले विदेशबाट डिजिटल माध्यमबाटनै नेपालको कुनैपनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौं,’ माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भने, ‘युवाहरुलाई लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिट्यान्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो ।’ यसका साथै माईपे मनि ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजार भन्दा बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीको भनाइ रहेको छ । परम्परागत रुपमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई नयाँ आयाम दिदै न्युनतम लागतमा रेमिट्यान्स पठाएर आफ्ना ग्राहकहरुलाई अतिरिक्त लाभ महसुस गराउने कम्पनीको योजना रहेको भट्टराईले बताए ।

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी भएपश्चात पहिलो कम्पनीका रुपमा माईपेले लाइसन्स प्राप्त गरेको हो । नयाँ विनियमावलीमा नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको लाइसन्सको लागि २ कारोड चुक्ता पूजीलाई बढाएर १० करोड पुर्याएको थियो ।

माईपे मनि ट्रान्सफरले लाइसन्स पाएसँगै हालसम्म रेमिट्यासका कारोबारका लागि ३७ वटा कम्पनीहरुले इजाजतपत्र प्राप्त गरेका भएपनि हाल २१ कम्पनीहरुको मात्रै संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2024






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न