नेपालमा मूल्य वृद्धि दर ५.२६ प्रतिशत

नेपालमा मूल्य वृद्धि दर ५.२६ प्रतिशत : Icon Khabar

काठमाडौं, माघ २३ । पुस महिनामा मूल्य वृद्धि दर (मुद्रास्फिति) ५.२६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनासम्मको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६% रहेको छ । मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत थियो । एक महिनामा मूल्य मूल्य वृद्धि दर ०.३१ प्रतिशतले बढेको हो ।

साथै, अघिल्लो वर्षको पुसको तुलनामा भने यो वर्ष मुद्रास्फीति २ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही महिनामा भने यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३५.६० प्रतिशत छ । खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत, तरकारीको १.०४ प्रतिशत छ । त्यस्तै, दुग्ध पदार्थ तथा अण्डाको १०.२९% छ । घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने १३.०७ प्रतिशत छ ।

पुस महिनासम्ममा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत छ । तराईको ४.७८ प्रतिशत, पहाडको ५.४० प्रतिशत र हिमालको ६.५७ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2024
Website | + posts




ताजा
अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित