आर्सनलको म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित

आर्सनलको म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, माघ ९ । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले युनाइटेडमाथि ३–२ गोलले जित हासिल गरेको हो। आर्सनलको जितमा इडवार्ड एनकेटिहले दुई तथा बुकायो साकाले एक गोल गरे। युनाइटेडका मार्कुस रासफोर्ड र लिसान्द्रो मार्टिनेजले गोल गरेका थियो। एक खेल बढी खेलेको पराजित युनाइटेड ३९ अङ्कसहित चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४५ अङ्क पुगेको छ ।

आइतबार राति नै भएको खेलमा सिटीले वल्भ्सलाई उसैको मैदानमा ३-० गोलले हराएको थियो । सिटीको जितमा एर्लिङ हालान्डले ह्याट्रिक गरे। अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफर्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2023
Website | + posts




ताजा
दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
पचास रुपैयाँको ४२ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित