आर्सनलको म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित

आर्सनलको म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित : Icon Khabar

काठमाडौं, माघ ९ । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले युनाइटेडमाथि ३–२ गोलले जित हासिल गरेको हो। आर्सनलको जितमा इडवार्ड एनकेटिहले दुई तथा बुकायो साकाले एक गोल गरे। युनाइटेडका मार्कुस रासफोर्ड र लिसान्द्रो मार्टिनेजले गोल गरेका थियो। एक खेल बढी खेलेको पराजित युनाइटेड ३९ अङ्कसहित चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४५ अङ्क पुगेको छ ।

आइतबार राति नै भएको खेलमा सिटीले वल्भ्सलाई उसैको मैदानमा ३-० गोलले हराएको थियो । सिटीको जितमा एर्लिङ हालान्डले ह्याट्रिक गरे। अर्को खेलमा लिड्स युनाइटेड र ब्रेन्टफर्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।

Published Date: 23 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न