आइएमई जनरल इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न : Icon Khabar

काठमाडौं, माघ ९ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औं वार्षिक साधारण सभा इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको हो । कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सो सभाले पारित गरेको छ ।

यसका साथै कम्पनीको चुक्ता पुँजी एक अर्ब ७० करोड रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजी बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा ऐन २०७९, अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समय सापेक्ष संशोधन गर्ने जस्ता प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तिरायारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव गरि पारित गरिएको छ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक नियुक्त गर्ने प्रस्तावलाई अनुमोदन गरिएको छ ।

Published Date: 23 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न