आइएमई जनरल इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न : Icon Khabar

काठमाडौं, माघ ९ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औं वार्षिक साधारण सभा इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको हो । कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सो सभाले पारित गरेको छ ।

यसका साथै कम्पनीको चुक्ता पुँजी एक अर्ब ७० करोड रुपैयाँ रहेको छ । बोनस शेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजी बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा ऐन २०७९, अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समय सापेक्ष संशोधन गर्ने जस्ता प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तिरायारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव गरि पारित गरिएको छ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक नियुक्त गर्ने प्रस्तावलाई अनुमोदन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 January 2023
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू