‘टाइटन फिल्म फेस्टिबल’मा ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

‘टाइटन फिल्म फेस्टिबल’मा ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड : Icon Khabar

काठमाडौँ, माघ ९ । अष्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘टाइटन फिल्म फेस्टिबल’मा अभिनेत्री ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। शर्माद्वारा अभिनित छोटो चलचित्र ‘ब्लड मनी’का लागि सो अवार्ड जितेकी हुन् ।

यस चलचित्रमा शर्माले साउदी अरबमा अपराधमा कसुरमा जेल सजाय भोग्न बाध्य भएका श्रीमानको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय रहेको यो चलचित्रले यसअघि पनि सिंगापुरको ओल्ड फिल्म कार्निभल फेस्टिभल लगायतका महोत्सवमा अवार्ड जितेको थियो । शर्मा अवार्डको साथमा आगामी बुधबार नेपाल फर्किँदैछिन् ।

Published Date: 23 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय