भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अर्धबार्षिक समिक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अर्धबार्षिक समिक्षा सम्पन्न : Icon Khabar

भक्तपुर, माघ २० । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरको अर्धबार्षिक समिक्षा शुक्रबार सम्पन्न भएको छ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले समीक्षा बैठकको अध्यक्षता गर्दै संघले वर्तमान अवस्थामा सदस्यको सम्बन्धलाई प्राथमिकता दिई सदस्य सक्षमता बृद्धि र सदस्य अनुगमनमा जोड दिइएको बताए। उनले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, स्थानीय तहसंग समन्वय र सहकार्यलाई बढाउनुपर्ने, संघको नियमित बचत र शेयर पुँजी बृद्धि गर्नुपर्ने लगायतको कुरा बताए।

संघका उपाध्यक्ष हरि बल्लले संघले दिइने तालिम संस्थाको कार्यान्वयन तहमा नपुगेको संस्थाको अनुगमनमा नदेखिएकोले संघले तालिम दिएका सहभागिहरु संस्थामै कार्यरत भए नभएको समीक्षा गर्नुपर्ने बताए। सचिव जगनाथ प्रजापतिले संघको कार्यक्रम प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उपसमितिहरुको बैठक बसि क्रियाशिल हुनुपर्ने बताए ।

कोषाध्यक्ष कान्छा भक्त घजुले २०८० पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समिक्षा प्रस्तुत गरे । उनले २०८० पुष मसान्तसम्ममा गत बर्षको बासलातको तुलनामा २२ प्रतिशत बृद्धि भई कुल वासलात २ अर्ब ७२ करोड ५२ लाख ५१ हजार र २ करोड ५ लाख नाफा गर्न सकेको प्रगति विवरण प्रस्तुत गरे।

संघका लेखा सुपरिवेक्षण संयोजक बालमुकुन्द उपाध्यायले संघको ऋण लगानीलाई बृद्धि गर्नेमा जोड दिए । उनले संस्थाले सफ्वेयर मार्फत लेखा व्यवस्थापन गर्ने वर्तमान परिपक्ष्यमा स्टेशनरी विक्रिको लक्ष्य र ई बुलेटीनको जमाना भएको बुलेटीन प्रकाशनको लक्ष्य नै घटाउदै लैजानुपर्ने विचार राखे।

संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको सदस्यता र ऋण लगानी बृद्धिको लागि प्रभावकारी पहल गर्नुपर्ने बताए । उनले ९ प्रतिशत व्याजदमा नै संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाले मंहगो व्याजदरमा निक्षेप संकलन गर्न आवश्यक नरहेको बताए। उनले वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा ऋण लगानीको क्षेत्र पहिचान गरी सुक्षित ऋण लगानीमा जोड दिनुपर्ने बताए ।

समीक्षामा संघको समिति, उपसमिति र कर्मचारी गरी ४४ जनाको उपस्थिति रहेको थियो । समिक्षाबाट प्रस्तुत प्रतिवेदन माथि छलफल गरी सुझावहरु समेत संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2024
Website | + posts