भक्तपुरमा ५ कि.मी. दौड प्रतियोगिता सम्पन्न

भक्तपुरमा ५ कि.मी. दौड प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, माघ २० । नेपाल मजदुर किसान पाटीको ५०औं स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिका ७ नं. वडा खेलकुद समितिको आयोजनामा ५ कि.मी. दौड प्रतियोगिता शनिबार बिहान सम्पन्न भयो ।

कार्यक्रमको समापन, प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले नेपाल मजदुर किसान पार्टीको इतिहास लामो भएको बताउदै नेमकिपाको इतिहास अध्ययन गर्नुपर्ने र नेमकिपाको स्थापना दिवसको अवसरमा देशका जिल्लाजिल्लामा विविध गतिविधि भइरहेको बताए।

उनले नेमकिपाले पाँच दशक पार गर्दा के गर्यो भन्नेहरूले शिक्षा, स्वास्थ्य र पर्यटनमा सबैभन्दा पछि परेको जिल्ला भक्तपुर शिक्षा र ज्ञान विज्ञानको केन्द्रको रूपमा स्थापना भएको र पर्यटकको आकर्षक केन्द्रको रूपमा विकास गर्न सफल भएको प्रष्ट पारे।

नेमकिपाको परिचय भनेको नै साम्राज्यवाद, विस्तारवाद र संशोधनवादको निरन्तर विरोध गरिरहकोबाट प्रष्ट हुने विचार व्यक्त गर्दै पार्टीले सडक र सदनमा एक्लै भएपनि देश र जनताको हित विपरित हुने क्रियाकलापको विरोध गरिरहने बताए।

उनले खेललाई औपचारिकतामा मात्र सिमित राख्न नहुने भएकोले युवाहरूलाई कुनै न कुनै खेलमा संलग्न गराउन प्रत्येक वडामा वडा खेलकुद समितिको स्थापना गरेको बताए।

भक्तपुर नगरपालिका ७ नं. वडाका अध्यक्ष उकेश कवांले खेलकुदको छुट्टै विश्वविद्यालय बनाउनुपर्ने र त्यसो भएमा मात्र खेलका विशेषज्ञ र खेलाडिको विकस हुने बताए।

उनले नेपाल मजदुर किसान पार्टीको धारणा अनिवार्य सैनिक तालिम हुनुपर्ने रहेको बताउदै पञ्चायतकालमा किसानका छोराछोरीले खेलकुदमा सहभागी हुँदा नराम्रो नजरले हेर्ने र सहभागी खेलाडिहरूलाई खेलमा असफल बनाउन अनेक बाधा अडचन हाल्ने काम गरेको स्मरण गराए।

समाजसेवी एवम् भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले खेलकुदमा लाग्दैमा पढाइ बिग्रन्छ भन्ने धारणा धेरै विद्यार्थी र अभिभावकमा रहेको बताउदै त्यस्तो गलत सोच नराखी खेल र पढाइलाई संगसंगै लानुपर्ने विचार व्यक्त गरे।

प्रतियोगितामा पुरूषतर्फ विश्वराम कुँवर प्रथम, अम्मराज थापा द्वितीय र नमराज मैनाली तृतीय हुन सफल भए । त्यसैगरी महिलातर्फ क्याथ्रिन बासुकला प्रथम, पृथुजा गोर्खाली द्वितीय र जेसिका दुवाल तृतीय हुन सफल भए । विजेता खेलाडिहरू प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए।

७ नं. वडा खेलकुद समितिका अध्यक्ष केशब त्वानाबासुको सभापतित्वमा भएको समापन कार्यक्रममा समितिका बालकृष्ण साँदले पनि खेलको महत्व र आवश्यकताको विषयमा विचार व्यक्त गरेका थिए।

Published Date: 03 February 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा