भक्तपुरमा ५ कि.मी. दौड प्रतियोगिता सम्पन्न

भक्तपुरमा ५ कि.मी. दौड प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, माघ २० । नेपाल मजदुर किसान पाटीको ५०औं स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिका ७ नं. वडा खेलकुद समितिको आयोजनामा ५ कि.मी. दौड प्रतियोगिता शनिबार बिहान सम्पन्न भयो ।

कार्यक्रमको समापन, प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले नेपाल मजदुर किसान पार्टीको इतिहास लामो भएको बताउदै नेमकिपाको इतिहास अध्ययन गर्नुपर्ने र नेमकिपाको स्थापना दिवसको अवसरमा देशका जिल्लाजिल्लामा विविध गतिविधि भइरहेको बताए।

उनले नेमकिपाले पाँच दशक पार गर्दा के गर्यो भन्नेहरूले शिक्षा, स्वास्थ्य र पर्यटनमा सबैभन्दा पछि परेको जिल्ला भक्तपुर शिक्षा र ज्ञान विज्ञानको केन्द्रको रूपमा स्थापना भएको र पर्यटकको आकर्षक केन्द्रको रूपमा विकास गर्न सफल भएको प्रष्ट पारे।

नेमकिपाको परिचय भनेको नै साम्राज्यवाद, विस्तारवाद र संशोधनवादको निरन्तर विरोध गरिरहकोबाट प्रष्ट हुने विचार व्यक्त गर्दै पार्टीले सडक र सदनमा एक्लै भएपनि देश र जनताको हित विपरित हुने क्रियाकलापको विरोध गरिरहने बताए।

उनले खेललाई औपचारिकतामा मात्र सिमित राख्न नहुने भएकोले युवाहरूलाई कुनै न कुनै खेलमा संलग्न गराउन प्रत्येक वडामा वडा खेलकुद समितिको स्थापना गरेको बताए।

भक्तपुर नगरपालिका ७ नं. वडाका अध्यक्ष उकेश कवांले खेलकुदको छुट्टै विश्वविद्यालय बनाउनुपर्ने र त्यसो भएमा मात्र खेलका विशेषज्ञ र खेलाडिको विकस हुने बताए।

उनले नेपाल मजदुर किसान पार्टीको धारणा अनिवार्य सैनिक तालिम हुनुपर्ने रहेको बताउदै पञ्चायतकालमा किसानका छोराछोरीले खेलकुदमा सहभागी हुँदा नराम्रो नजरले हेर्ने र सहभागी खेलाडिहरूलाई खेलमा असफल बनाउन अनेक बाधा अडचन हाल्ने काम गरेको स्मरण गराए।

समाजसेवी एवम् भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले खेलकुदमा लाग्दैमा पढाइ बिग्रन्छ भन्ने धारणा धेरै विद्यार्थी र अभिभावकमा रहेको बताउदै त्यस्तो गलत सोच नराखी खेल र पढाइलाई संगसंगै लानुपर्ने विचार व्यक्त गरे।

प्रतियोगितामा पुरूषतर्फ विश्वराम कुँवर प्रथम, अम्मराज थापा द्वितीय र नमराज मैनाली तृतीय हुन सफल भए । त्यसैगरी महिलातर्फ क्याथ्रिन बासुकला प्रथम, पृथुजा गोर्खाली द्वितीय र जेसिका दुवाल तृतीय हुन सफल भए । विजेता खेलाडिहरू प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए।

७ नं. वडा खेलकुद समितिका अध्यक्ष केशब त्वानाबासुको सभापतित्वमा भएको समापन कार्यक्रममा समितिका बालकृष्ण साँदले पनि खेलको महत्व र आवश्यकताको विषयमा विचार व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2024
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने