काठमाडौं महानगरका मेयर शाह र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

काठमाडौं महानगरका मेयर शाह र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, माघ १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ ।

बालेनको कार्यालयमा भएको भेटमा उनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरे । ‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्’ अमेरिकी राजदूतसँग बालेनले भने ।

युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काम गरिरहेको भन्दै बालनेले यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग कार्यक्रम तय गर्न सहजीकरण गरिदिन राजदूतलाई प्रस्ताव गरे ।

भेटमा राजदूत थम्प्सनले नेपालमा हुने सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन र यस्ता कार्यक्रममा अमेरिकाका तर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् ।

थम्प्सनले प्रमुख शाहलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएको बालेनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2024
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने