अब एक बर्ष नयाँ फिल्म साइन गर्दिनँः दयाहाङ राई

अब एक बर्ष नयाँ फिल्म साइन गर्दिनँः दयाहाङ राई : Icon Khabar

काठमाडौं, माघ १९ । अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् । एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताएका हुन् ।

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उनले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहेका छन् । माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सकाएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सकाउने छन् ।

अर्को महिना भने उनले घर ज्वाइँलाई समय दिएका छन् । चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न