यू-१९ विश्वकपः नेपालले आज भारतको सामना गर्दै

यू-१९ विश्वकपः नेपालले आज भारतको सामना गर्दै : Icon Khabar

काठमाडौँ, माघ १९ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैछ।  नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो।

सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो। भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ। भारतसँगै सेमिफाइनलको दौडमा समुह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन्।

त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो। सुपर सिक्सको समुह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका छन्।

नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक विहिन भएको हो।

आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ।

Published Date: 02 February 2024


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली