दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट हुँदा पाँच जनाको मृत्यु

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट हुँदा पाँच जनाको मृत्यु : Icon Khabar

पाकिस्तान, माघ १७ । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार एउटा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।

घटना बेलुका पौने ६ बजे भएको थियो प्रान्तको सिबी जिल्लामा मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको स्रोतले बताएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को र्‍यालीलाई लक्षित गरी हमला गरिएको स्रोतले बताएको छ ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीन जनाको अवस्था गम्भीर छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

Published Date: 31 January 2024


ताजा
नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज सोमबारको राशिफल
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग