दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट हुँदा पाँच जनाको मृत्यु

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट हुँदा पाँच जनाको मृत्यु : Icon Khabar

पाकिस्तान, माघ १७ । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार एउटा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।

घटना बेलुका पौने ६ बजे भएको थियो प्रान्तको सिबी जिल्लामा मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको स्रोतले बताएको छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को र्‍यालीलाई लक्षित गरी हमला गरिएको स्रोतले बताएको छ ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीन जनाको अवस्था गम्भीर छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2024
Website | + posts




ताजा
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने