सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट : Icon Khabar

काठमाडौं, माघ १७ । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

सो शेयरमा कुल ३३ हजार ८२४ जनाले २१ लाख ३९ हजार २२० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १४ आवेदन रद्द भएको छ भने ३३ हजार ८१० आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।

Published Date: 31 January 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा