नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८ औं स्थानमा

नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८ औं स्थानमा : Icon Khabar

काठमाडौं, माघ १६ । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८ औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगललवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)–२०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८ औं स्थानमा परेको हो ।

अघिल्लो वर्ष अर्थात सन् २०२२ मा भने नेपाल ३४ अंक पाएर ११० औं स्थानमा रहेको थियो । नेपालको स्थानमा केही सुधार भएको हो ।

सीपीआईले विश्वका १८० वटा देशहरुको सार्वजनिक क्षेत्रमा रहेको भ्रष्टाचारको स्तरलाई मापन गर्छ । मापन गरिएको परिमाणलाई ० (अत्याधिक भ्रष्ट) देखि १०० (धेरै स्वच्छ) को स्केलमा प्रस्तुत गरिन्छ ।

कम भ्रष्टाचार हुने मुलुकमा ९० अंकसहित डेनमार्क पहिलो स्थानमा छ । सूचीको अन्तिम स्थानमा अर्थात सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको छ । यसले ११ अंक मात्र पाएको छ ।

यता, दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न