नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८ औं स्थानमा

नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८ औं स्थानमा : Icon Khabar

काठमाडौं, माघ १६ । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८ औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगललवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)–२०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८ औं स्थानमा परेको हो ।

अघिल्लो वर्ष अर्थात सन् २०२२ मा भने नेपाल ३४ अंक पाएर ११० औं स्थानमा रहेको थियो । नेपालको स्थानमा केही सुधार भएको हो ।

सीपीआईले विश्वका १८० वटा देशहरुको सार्वजनिक क्षेत्रमा रहेको भ्रष्टाचारको स्तरलाई मापन गर्छ । मापन गरिएको परिमाणलाई ० (अत्याधिक भ्रष्ट) देखि १०० (धेरै स्वच्छ) को स्केलमा प्रस्तुत गरिन्छ ।

कम भ्रष्टाचार हुने मुलुकमा ९० अंकसहित डेनमार्क पहिलो स्थानमा छ । सूचीको अन्तिम स्थानमा अर्थात सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको छ । यसले ११ अंक मात्र पाएको छ ।

यता, दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ ।

Published Date: 30 January 2024


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग