सुदूरपश्चिममाथि एपीएफ तीन विकेटले विजयी

सुदूरपश्चिममाथि एपीएफ तीन विकेटले विजयी : Icon Khabar

काठमाडौं, माघ १६ । मुलपानीमा सुदूरपश्चिम प्रदेश विरुद्ध तीन विकेटको जित हात पारेसँगै विभागीय टोली नेपाल एपिएफ क्लबले फाइनल सम्भावना कायम राखेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपिएफले सो लक्ष्य ७ विकेट गुमाएर पुर्यायो ।

जितसँगै एपिएफको ८ खेलमा १० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ८ खेलमा १२ अंक छ । एपिएफले फाइनल पुग्नका लागि अन्तिम खेल जित्ने पर्ने हुन्छ । यसका साथै एपिएफका लागि आर्मीले आफ्नो अन्तिम खेलमा हार बेहोर्नु पर्ने छ । त्यसपछि चिनोफानो नेट रन रेटका आधारमा हुने छ । नेपाल पुलिस क्लब ७ खेलमा सबैमा जित हासिल गर्दै १४ अंक सहित फाइनलमा आफ्नो स्थान बनाइसकेको छ ।

एपिएफका लागि सन्दिप जोराले १५ बलमा सर्वाधिक १८ रनको अविजित इनिङ खेले । यस्तै ओपनर आसिफ शेखले १५ रन बनाए भने भुवन कार्कीले १४ रन बनाए । लक्ष्य झिनो भएपनि सुदूरले लगातार दवाब राखेको थियो । ७ विकेट खसेपनि एपिएफले लक्ष्य १४.१ ओभरमा भेटाएको थियो ।

सुदूरका लागि दिपक चन्दले ६ ओभरमा ३६ रन खर्चिंदै ४ विकेट लिए । यस्तै नरेन साउदले ६ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूर १६.२ ओभरमा ८७ रनमा समेटियो । सुदूरलाई सस्तैमा समेट्न आज पहिलो खेल खेलिरहेका चन्दन रामले ७ ओभरमा ५१ रन दिँदै ५ विकेट लिए । यस्तै भुवन कार्कीले ६.२ ओभरमा १ मेडन सहित ३ विकेट लिए । कप्तान रोहित पौडेलले २ विकेट लिए ।

सुदूरका लागि नारायण जोशी २५ बलमा ३१ रन बनाउँदै अविजित रहे । यस्तै ओपनर खडक बोहोराले ३३ बलमा २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक पनि छुन सकेनन् ।

Published Date: 30 January 2024


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग