सुदूरपश्चिममाथि एपीएफ तीन विकेटले विजयी

सुदूरपश्चिममाथि एपीएफ तीन विकेटले विजयी : Icon Khabar

काठमाडौं, माघ १६ । मुलपानीमा सुदूरपश्चिम प्रदेश विरुद्ध तीन विकेटको जित हात पारेसँगै विभागीय टोली नेपाल एपिएफ क्लबले फाइनल सम्भावना कायम राखेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको एपिएफले सो लक्ष्य ७ विकेट गुमाएर पुर्यायो ।

जितसँगै एपिएफको ८ खेलमा १० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ८ खेलमा १२ अंक छ । एपिएफले फाइनल पुग्नका लागि अन्तिम खेल जित्ने पर्ने हुन्छ । यसका साथै एपिएफका लागि आर्मीले आफ्नो अन्तिम खेलमा हार बेहोर्नु पर्ने छ । त्यसपछि चिनोफानो नेट रन रेटका आधारमा हुने छ । नेपाल पुलिस क्लब ७ खेलमा सबैमा जित हासिल गर्दै १४ अंक सहित फाइनलमा आफ्नो स्थान बनाइसकेको छ ।

एपिएफका लागि सन्दिप जोराले १५ बलमा सर्वाधिक १८ रनको अविजित इनिङ खेले । यस्तै ओपनर आसिफ शेखले १५ रन बनाए भने भुवन कार्कीले १४ रन बनाए । लक्ष्य झिनो भएपनि सुदूरले लगातार दवाब राखेको थियो । ७ विकेट खसेपनि एपिएफले लक्ष्य १४.१ ओभरमा भेटाएको थियो ।

सुदूरका लागि दिपक चन्दले ६ ओभरमा ३६ रन खर्चिंदै ४ विकेट लिए । यस्तै नरेन साउदले ६ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूर १६.२ ओभरमा ८७ रनमा समेटियो । सुदूरलाई सस्तैमा समेट्न आज पहिलो खेल खेलिरहेका चन्दन रामले ७ ओभरमा ५१ रन दिँदै ५ विकेट लिए । यस्तै भुवन कार्कीले ६.२ ओभरमा १ मेडन सहित ३ विकेट लिए । कप्तान रोहित पौडेलले २ विकेट लिए ।

सुदूरका लागि नारायण जोशी २५ बलमा ३१ रन बनाउँदै अविजित रहे । यस्तै ओपनर खडक बोहोराले ३३ बलमा २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक पनि छुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न