एनसेल सेयर बिक्रीबारे छानविन प्रतिवेदन आज प्रधानमन्त्री दाहाललाई बुझाउने तयारी

एनसेल सेयर बिक्रीबारे छानविन प्रतिवेदन आज प्रधानमन्त्री दाहाललाई बुझाउने तयारी : Icon Khabar

काठमाडौँ, माघ १५ । एनसेलको सेयर बिक्रीबारे छानविन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज बुझाउने तयारी भएको छ ।

एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्रीको छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेर सरकारलाई पेस गर्ने तयारी गरेको हो । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले तयार पारेको उक्त प्रतिवेदन आजै साँझ प्रधानमन्त्री ‘प्रचण्ड’लाई बुझाउने भएको छ ।

समितिका संयोजक टङ्कमणि शर्माले आज साँझ प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने बताए । उनका अनुसार प्रधानमन्त्री उपत्यका बाहिरबाट फर्केपछि साँझतिर प्रतिवेदन बुझाउने तयारी छ ।

नियामक निकायलाई जानकारी नदिइ आजियाटा ग्रुपले एनसेलको ८० प्रतिशत शेयर शतिसलाल आचार्यको कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।

शेयर खरिद बिक्रीमा विवाद भएपछि सरकारले गत मङ्सिर २१ गते टङ्कमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउनुपर्ने भएपनि कागजात नआएको भन्दै सरकारसँग १५ दिनको समय माग गरेको थियो ।

Published Date: 29 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग