एनसेल सेयर बिक्रीबारे छानविन प्रतिवेदन आज प्रधानमन्त्री दाहाललाई बुझाउने तयारी

एनसेल सेयर बिक्रीबारे छानविन प्रतिवेदन आज प्रधानमन्त्री दाहाललाई बुझाउने तयारी : Icon Khabar

काठमाडौँ, माघ १५ । एनसेलको सेयर बिक्रीबारे छानविन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज बुझाउने तयारी भएको छ ।

एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्रीको छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेर सरकारलाई पेस गर्ने तयारी गरेको हो । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले तयार पारेको उक्त प्रतिवेदन आजै साँझ प्रधानमन्त्री ‘प्रचण्ड’लाई बुझाउने भएको छ ।

समितिका संयोजक टङ्कमणि शर्माले आज साँझ प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने बताए । उनका अनुसार प्रधानमन्त्री उपत्यका बाहिरबाट फर्केपछि साँझतिर प्रतिवेदन बुझाउने तयारी छ ।

नियामक निकायलाई जानकारी नदिइ आजियाटा ग्रुपले एनसेलको ८० प्रतिशत शेयर शतिसलाल आचार्यको कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।

शेयर खरिद बिक्रीमा विवाद भएपछि सरकारले गत मङ्सिर २१ गते टङ्कमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउनुपर्ने भएपनि कागजात नआएको भन्दै सरकारसँग १५ दिनको समय माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न