बर्नार्ड अर्नाल्ट बने संसारको धनि व्यक्ति, इलोन मस्क पछि परे

बर्नार्ड अर्नाल्ट बने संसारको धनि व्यक्ति, इलोन मस्क पछि परे : Icon Khabar

काठमाडौं, माघ १५ । लुई भिटनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बर्नार्ड अर्नाल्टले टेस्लाका संस्थापक इलोन मस्कलाई संसारको सबैभन्दा धनी व्यक्ति बन्ने दौडमा पछि पारेका छन् ।

फ्रान्सेली अर्बपति आर्नल्ट र उनको परिवारको कुल सम्पत्ति २०७.६ अर्ब अमेरिकी डलर पुगेपछि सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा आएको फोर्ब्सले उल्लेख गरेको छ ।यता, मस्क सम्पति भने २०४.७ अर्ब अमेरिकी डलरसहित दोस्रो स्थानमा झरेको फार्ब्सको तथ्यांकले देखाएको छ ।

यी दुई अर्बपतिबीच सन् २०२२ देखि नै पहिलो स्थानका लागि प्रतिस्पर्धा जस्तै चल्दै आएको छ । यसअघि उच्च मुद्रास्फीतिको सामना गर्दा प्रविधि क्षेत्रका सेयरहरुले संघर्ष गर्नुपरेपछि मस्कलाई पछि पार्दै अर्नाल्ट सन् २०२२ को डिसेम्बरमाम विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । त्यसपछि, सन् २०२३ को जुलाईमा मस्क पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बन्न सफल भएको थिए ।

अर्नाल्ट र उनको परिवारको कुल सम्पति शुक्रबार २३.६ अर्ब डलरले बढेर २०७.८ अर्ब डलर पुगेको थियो । अर्कोतर्फ, टेस्लाको सेयर बिहीबार एकैदिन करिब १३% ले घटेपछि मस्कले भने १८ अर्ब डलरभन्दा बढी नेटवर्थ गुमाएका थिए । लक्जरी सामान उत्पादन गर्ने लुई भिटनले बिहीबार चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दै उत्पादन बिक्री १०% ले बढेको उल्लेख गरेको थियो ।

यता, मस्कले भने टेस्लाको विद्युतीय सवारीसाधनको मूल्यमा उच्च प्रतिस्पर्धाका कारण टेस्लाको आम्दानी घटेको बताएपछि सेयर भाउमा भारी गिरावट आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न