बर्नार्ड अर्नाल्ट बने संसारको धनि व्यक्ति, इलोन मस्क पछि परे

बर्नार्ड अर्नाल्ट बने संसारको धनि व्यक्ति, इलोन मस्क पछि परे : Icon Khabar

काठमाडौं, माघ १५ । लुई भिटनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बर्नार्ड अर्नाल्टले टेस्लाका संस्थापक इलोन मस्कलाई संसारको सबैभन्दा धनी व्यक्ति बन्ने दौडमा पछि पारेका छन् ।

फ्रान्सेली अर्बपति आर्नल्ट र उनको परिवारको कुल सम्पत्ति २०७.६ अर्ब अमेरिकी डलर पुगेपछि सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा आएको फोर्ब्सले उल्लेख गरेको छ ।यता, मस्क सम्पति भने २०४.७ अर्ब अमेरिकी डलरसहित दोस्रो स्थानमा झरेको फार्ब्सको तथ्यांकले देखाएको छ ।

यी दुई अर्बपतिबीच सन् २०२२ देखि नै पहिलो स्थानका लागि प्रतिस्पर्धा जस्तै चल्दै आएको छ । यसअघि उच्च मुद्रास्फीतिको सामना गर्दा प्रविधि क्षेत्रका सेयरहरुले संघर्ष गर्नुपरेपछि मस्कलाई पछि पार्दै अर्नाल्ट सन् २०२२ को डिसेम्बरमाम विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । त्यसपछि, सन् २०२३ को जुलाईमा मस्क पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बन्न सफल भएको थिए ।

अर्नाल्ट र उनको परिवारको कुल सम्पति शुक्रबार २३.६ अर्ब डलरले बढेर २०७.८ अर्ब डलर पुगेको थियो । अर्कोतर्फ, टेस्लाको सेयर बिहीबार एकैदिन करिब १३% ले घटेपछि मस्कले भने १८ अर्ब डलरभन्दा बढी नेटवर्थ गुमाएका थिए । लक्जरी सामान उत्पादन गर्ने लुई भिटनले बिहीबार चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दै उत्पादन बिक्री १०% ले बढेको उल्लेख गरेको थियो ।

यता, मस्कले भने टेस्लाको विद्युतीय सवारीसाधनको मूल्यमा उच्च प्रतिस्पर्धाका कारण टेस्लाको आम्दानी घटेको बताएपछि सेयर भाउमा भारी गिरावट आएको थियो ।

Published Date: 29 January 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु