फिल्महरु फ्लोप भएपछी गायिका बनिन् अभिनेत्री परिणीति चोपडा

फिल्महरु फ्लोप भएपछी गायिका बनिन् अभिनेत्री परिणीति चोपडा : Icon Khabar

मुम्बई, माघ १५ । अभिनेत्री परिणीति चोपडाले गायन क्षेत्रमा व्यवसायिक यात्राको थालनी गरेकी छिन् । उनले एउटा भिडियो शेयर गर्दै उक्त कुराको जानकारी दिएकी हुन् ।

परिणीतीले पहिलादेखि नै गायिका बन्न चाहेको बताइन् । उनले गायनलाई लिएर सधैँ मरिमेट्ने गरेको पनि बताइन् । उनले स्टेजमा प्रस्तुति दिन आफूलाई अत्यधिक मन पर्ने पनि बताएकी छिन् ।

जीवनको यो नयाँ अध्यायले आफू भाग्यमानी, आशीर्वाद प्राप्त भए झैँ भएको अनुभव गरेको परिणीति बताउँछिन् । यो एउटा त्यस्तो यात्रा हो जहाँ उनी दुई करियर अपर्चुनिटीको महसुस गरिरहेको बताएकी छिन् ।

परिणीति लेख्छिन्- ‘मैले प्रायः मानिसलाई स्टेजमा प्रस्तुति गर्दै गरेको देखेको छु । त्यसैले म आफ्नो डरलाई अगाल्न जाँदैछु । आफ्नो गायन क्षेत्रमा डेब्यू गर्दै छु ।’

प्रशंसकले उनको यो नयाँ मोडको बारेमा विभिन्न टिका- टिप्पणी गरेका छन् । ति मध्ये धेरैले अभिनय छाडेको, विवाहपछि नयाँ करियर शुरु गरेको उल्लेख गरेका छन् ।

परिणीतिको ‘केसरी ‘ पछि रिलिज भएको जबरिया जोडि, संदीप और पिंकी फरार, मिशन रानीगञ्ज,कोड नेम तिरंगा,उचाईले लगायतका फिल्महरु बक्स अफिसमा नराम्रो प्रदर्शन गरेका थिए ।

त्यसैले फ्यानहरुले परिणीतिले गायन करियरलाई नयाँ अप्शनको रुपमा छनौट गरेको भन्ने प्रतिक्रिया दिएका छन् । यद्यपि उनले पहिला पनि विभिन्न फिल्महरुमा गीत गाइसकेकी थिइन् तर अब भने प्रोफेशनली गायनलाई जारी राख्न चाहान्छिन् । परिणीतिले २०२३ को सेप्टेम्बरमा राघव चढ्डासंग विवाह गरेकी थिइन् ।

Published Date: 29 January 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु