फिल्महरु फ्लोप भएपछी गायिका बनिन् अभिनेत्री परिणीति चोपडा

फिल्महरु फ्लोप भएपछी गायिका बनिन् अभिनेत्री परिणीति चोपडा : Icon Khabar

मुम्बई, माघ १५ । अभिनेत्री परिणीति चोपडाले गायन क्षेत्रमा व्यवसायिक यात्राको थालनी गरेकी छिन् । उनले एउटा भिडियो शेयर गर्दै उक्त कुराको जानकारी दिएकी हुन् ।

परिणीतीले पहिलादेखि नै गायिका बन्न चाहेको बताइन् । उनले गायनलाई लिएर सधैँ मरिमेट्ने गरेको पनि बताइन् । उनले स्टेजमा प्रस्तुति दिन आफूलाई अत्यधिक मन पर्ने पनि बताएकी छिन् ।

जीवनको यो नयाँ अध्यायले आफू भाग्यमानी, आशीर्वाद प्राप्त भए झैँ भएको अनुभव गरेको परिणीति बताउँछिन् । यो एउटा त्यस्तो यात्रा हो जहाँ उनी दुई करियर अपर्चुनिटीको महसुस गरिरहेको बताएकी छिन् ।

परिणीति लेख्छिन्- ‘मैले प्रायः मानिसलाई स्टेजमा प्रस्तुति गर्दै गरेको देखेको छु । त्यसैले म आफ्नो डरलाई अगाल्न जाँदैछु । आफ्नो गायन क्षेत्रमा डेब्यू गर्दै छु ।’

प्रशंसकले उनको यो नयाँ मोडको बारेमा विभिन्न टिका- टिप्पणी गरेका छन् । ति मध्ये धेरैले अभिनय छाडेको, विवाहपछि नयाँ करियर शुरु गरेको उल्लेख गरेका छन् ।

परिणीतिको ‘केसरी ‘ पछि रिलिज भएको जबरिया जोडि, संदीप और पिंकी फरार, मिशन रानीगञ्ज,कोड नेम तिरंगा,उचाईले लगायतका फिल्महरु बक्स अफिसमा नराम्रो प्रदर्शन गरेका थिए ।

त्यसैले फ्यानहरुले परिणीतिले गायन करियरलाई नयाँ अप्शनको रुपमा छनौट गरेको भन्ने प्रतिक्रिया दिएका छन् । यद्यपि उनले पहिला पनि विभिन्न फिल्महरुमा गीत गाइसकेकी थिइन् तर अब भने प्रोफेशनली गायनलाई जारी राख्न चाहान्छिन् । परिणीतिले २०२३ को सेप्टेम्बरमा राघव चढ्डासंग विवाह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट