पार्किङ निषेध गरेपछि आज पनि न्यूरोड क्षेत्र अस्तव्यस्त

पार्किङ निषेध गरेपछि आज पनि न्यूरोड क्षेत्र अस्तव्यस्त : Icon Khabar

काठमाडौं, माघ १० । आज पनि न्यूरोड क्षेत्रका व्यवसायीहरू आन्दोलित भएका छन् ।

पार्किङ निषेधको विरोधमा उनीहरूले पसल बन्द गरेर बिहान ११ बजेदेखि नै काठमाडौं महानगरपालिका विरोधमा उत्रिएका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजो माघ ९ गते मंगलवारदेखि महानगरले पार्किङ निषेध गरेको छ ।

स्थानीय सामाजिक संघ-संस्था, व्यवसायिक संघ-संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरूले आन्दोलन गरेका हुन् ।

महानगरले सरोकारवालासँग परामर्श नगरी पार्किङ निषेधको निर्णय गरेको उनीहरूको भनाइ छ ।

पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्यूरोडको व्यवसायिक भविष्य संकटमा पर्ने उनीहरूको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 January 2024
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट