काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये १०औं स्थानमा

काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये १०औं स्थानमा : Icon Khabar

काठमाडौं, माघ १० । काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये १०औं स्थानमा परेको छ ।

बुधबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६४ पुगेको छ । आज सबैभन्दा धेरै भारतको दिल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २८३ पुगेको छ । दोस्रो नम्बरमा पकिस्तानको कराँची छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २५९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् ।

Published Date: 24 January 2024
ताजा
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति?
मनसुनी वायुको प्रभाव कायमै: आज धेरैजसो भूभागमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न