भक्तपुर, माघ १० । रोट्राक्ट क्लब अफ भक्तपुरको नयाँ अध्यक्षमा प्रियंका चगुठी चयन भएकी छन्। रोट्राक्ट क्लब अफ भक्तपुरको रोटा वर्ष २०२४/२५ को आफ्नो क्यारिज्म्याटिक नयाँ अध्यक्ष प्रियंका चगुठीलाई गत डिसेम्बर २६ मा निर्वाचित गरेको हो।
त्यसैगरी रोटा वर्ष २०२४/२५ कै लागि उपाअध्यक्षमा सोनिया प्रजापति, सचिवमा रेणु पंच चुनिएका छन्। भक्तपुरको माउण्ट भ्याली स्कूलमा भएको सो कार्यक्रममा वर्तमान अध्यक्ष रेश्मा राई, क्लबका पूर्व अध्यक्ष एवं सल्लाहकार रवि गोर्खाली, सचिव पुष्पा कजु लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।