आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ : Icon Khabar

काठमाडाैँ, माघ ७ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ परेकाे छ। कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारकाे दोहादेखि काठमाडौँ आएका झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए। विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थलले जनाएकाे छ।

तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको हो। बरामद भएको सुन दर्जी आफैंले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Published Date: 21 January 2024


ताजा
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै
नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी