शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा सम्पन्न हुने प्रधानमन्त्रीको विश्वास

शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा सम्पन्न हुने प्रधानमन्त्रीको विश्वास : Icon Khabar

काठमाडौं, माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याउने बताए ।

प्रधानमन्त्रीले सबै पक्षसँग छलफल भइरहेको र शान्ति प्रक्रियाका बाँकी काम संघीय संसदको आगामी अधिवेशन प्रारम्भ भएपछि सहमतिका आधारमा टुङ्गिने बताए ।

‘सबैसँग छलफल गरेर सत्य निरुपण तथा मेलमिलाप विधेयकको तयारी गरेका छौं, उपसमितिबाट टुंगो लगाएर संसदीय समितिमा आइपुगेको छ, प्राथमिकताका साथ संसद अधिवेशन खुलेपछि पूर्ण सदनमा लैजानेछ । ” उनले भने। प्रधानमन्त्री दाहालले सर्वसम्मतिबाट विधेयक टुंग्याउन आफू लागिरहेको बताए ।

प्रधानमन्त्रीले सरकारका कामलाई तिब्रता दिएको र सोही अनुसार काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको बताए। ‘मन्त्रीहरूलाई लक्ष्य दिएर काम गर्न लगाइन्छ र जिम्मेवारी सही ढंगले पूरा नभए सोही अनुसार निर्णय गर्छौं,’ उनले भने ।

प्रधानमन्त्रीका अनुसार कार्यदक्षता र अनुभवका हिसाबले नेपालको कर्मचारीतन्त्र कमजोर नभए पनि पहल गर्ने तत्परता, गम्भीरता र साहसको कमी छ । उनले मुख्य सचिव, सचिव र कर्मचारीतन्त्रसँग नियमित छलफल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न