शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा सम्पन्न हुने प्रधानमन्त्रीको विश्वास

शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा सम्पन्न हुने प्रधानमन्त्रीको विश्वास : Icon Khabar

काठमाडौं, माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पुर्‍याउने बताए ।

प्रधानमन्त्रीले सबै पक्षसँग छलफल भइरहेको र शान्ति प्रक्रियाका बाँकी काम संघीय संसदको आगामी अधिवेशन प्रारम्भ भएपछि सहमतिका आधारमा टुङ्गिने बताए ।

‘सबैसँग छलफल गरेर सत्य निरुपण तथा मेलमिलाप विधेयकको तयारी गरेका छौं, उपसमितिबाट टुंगो लगाएर संसदीय समितिमा आइपुगेको छ, प्राथमिकताका साथ संसद अधिवेशन खुलेपछि पूर्ण सदनमा लैजानेछ । ” उनले भने। प्रधानमन्त्री दाहालले सर्वसम्मतिबाट विधेयक टुंग्याउन आफू लागिरहेको बताए ।

प्रधानमन्त्रीले सरकारका कामलाई तिब्रता दिएको र सोही अनुसार काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएको बताए। ‘मन्त्रीहरूलाई लक्ष्य दिएर काम गर्न लगाइन्छ र जिम्मेवारी सही ढंगले पूरा नभए सोही अनुसार निर्णय गर्छौं,’ उनले भने ।

प्रधानमन्त्रीका अनुसार कार्यदक्षता र अनुभवका हिसाबले नेपालको कर्मचारीतन्त्र कमजोर नभए पनि पहल गर्ने तत्परता, गम्भीरता र साहसको कमी छ । उनले मुख्य सचिव, सचिव र कर्मचारीतन्त्रसँग नियमित छलफल गरिरहेको बताए ।

Published Date: 21 January 2024


ताजा
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै
नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी