रूसकाे मस्काे जाँदै गरेकाे विमान अफगानिस्तानमा दुर्घटना

रूसकाे मस्काे जाँदै गरेकाे विमान अफगानिस्तानमा दुर्घटना : Icon Khabar

काठमाडौँ, माघ ७ । अफगानिस्तानको बदाक्षन क्षेत्रमा विमान दुर्घटना भएको छ । आइतबार पाकिस्तान र अफगानिस्तानका संचारमाध्यमले उक्त विमान भारतीय विमान भएको जानकारी दिएका थिए । यद्धपी भारतकाे नागरिक उड्डयन मन्त्रालयले उक्त विमान भारतकाे नभएकाे दाबी गरेकाे छ ।

दुर्घटना भएकाे विमान मोरक्कोमा दर्ता भएको एयर एम्बुलेन्स थियाे। प्राविधिक गडबडीका कारण बाटो बिर्सदा दुर्घटना भएको हो । मन्त्रालयका अनुसार उक्त विमान थाइल्याण्डबाट मस्काे गइरहेकाे थियाे । बिहारस्थित गया विमानस्थलमा तेल भरेकाे थियाे ।

यसअघि, पाकिस्तानी संचारमाध्यम सामले बदाक्षन प्रान्तको प्रहरी कमाण्डलाई उद्धृत गर्दै उक्त विमान हिजो राति राडारबाट हराएको जानकारी दिएको थियो । त्यसपछि जेबक जिल्लाको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

उक्त एयर एम्बुलेन्समा ६ जना यात्रु सवार थिए ।

Published Date: 21 January 2024


ताजा
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै
नगरकोटमोडमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी