त्रिभुवन विश्वविद्यालयद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित

माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने

त्रिभुवन विश्वविद्यालयद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित : Icon Khabar

काठमाडौँ, माघ ५ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेष्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर २०८० कार्यान्वयन गर्ने निर्णयानुसार शैक्षिक क्यालेण्डर प्रकाशित गरिएको परीक्षा नियन्त्रक कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ।

पनिकाका अनुसार भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका शैक्षिक क्यालेण्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने छ ।

शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा २०८१ साल भदौ दोस्रो हप्ता हुनेछ । सेमेस्टर प्रणाली अन्तर्गतको स्नातक तहको पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा हुनेछ भने स्नातकोत्तर तहको पहिलो सेमेस्टरको परीक्षा २०८१ असारमा हुनेछ ।माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू