त्रिभुवन विश्वविद्यालयद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित

माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने

त्रिभुवन विश्वविद्यालयद्वारा शैक्षिक क्यालेण्डर प्रकाशित : Icon Khabar

काठमाडौँ, माघ ५ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेष्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर २०८० कार्यान्वयन गर्ने निर्णयानुसार शैक्षिक क्यालेण्डर प्रकाशित गरिएको परीक्षा नियन्त्रक कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ।

पनिकाका अनुसार भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका शैक्षिक क्यालेण्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने छ ।

शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा २०८१ साल भदौ दोस्रो हप्ता हुनेछ । सेमेस्टर प्रणाली अन्तर्गतको स्नातक तहको पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा हुनेछ भने स्नातकोत्तर तहको पहिलो सेमेस्टरको परीक्षा २०८१ असारमा हुनेछ ।माघ १५ गतेदेखि शैक्षिक प्रमाणपत्र निकाल्ने काम अनलाइन मार्फत हुने जनाएको छ।

Published Date: 19 January 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै