क्षेत्रपाटीबाट हुण्डी कारोबारी अग्रवालसहित तीन जना पक्राउ

क्षेत्रपाटीबाट हुण्डी कारोबारी अग्रवालसहित तीन जना पक्राउ : Icon Khabar

काठमाडौं, माघ ५ । हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन्। क्षेत्रपाटीबाट अग्रवाल र अन्य २ जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।

उनीहरूको साथबाट विभागले दुई करोड तीस लाख नेपाली रकम र दुई हजारजति डलर बरामद भएको ढुंगानाले जानकारी दिए। बिहीबार बेलुकाबाट विभागले विशेष अपरेसन चलाएर राति उनीहरूलाई पक्राउ गरेको ढुंगानाले बताए।

अग्रवाल क्षेत्रपाटीका कपडा व्यवसायी हुन्। उनको क्रिप्टोकरेन्सी, हुण्डी, सुनको शंकास्पद कारोबार रहेको बुझिएको छ। ‘अवैधानिक कारोबारबारे अहिले अनुसन्धान भइरहेको छ, हामी रकम र कारोबारको कनेक्सनबारे अनुसन्धान गरिरहेका छौं,’ ढुंगानाले भने।

शंकास्पद अन्य तीन व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेकाले विभागले नाम खुलाएको छैन। विभागले बरामद रकम गणना गरिरहेको उनले बताए। ‘दुई हजारजति डलर बरामद भएको छ, अहिले गन्ती गरिरहेका छौं,’ उनले भने।

Published Date: 19 January 2024




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक