ब्राजिलमा बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु

ब्राजिलमा बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु : Icon Khabar

ब्राजिल, माघ १ । ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

बाढीका कारण सयौं मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ । उनीहरूलाई प्रभावित क्षेत्रबाट सुरक्षित क्षेत्रमा स्थापना गरिएका शिविरहरूमा राखिएको छ । शिविरहरूको व्यवस्थापनको लागि सुरक्षाकर्मीलगायतका विपद् व्यवस्थापन निकायका अधिकारीलाई खटाइएको छ ।

शहरका मेयर एडुआर्डो पेसले आपतकालिन स्रोत साधन र बाढीबाट प्रभावित मानिसहरूको हेरचाहका लागि सङ्कटकालीन अवस्थाको घोषणा गरेका छन् ।

Published Date: 15 January 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु