स्वास्थ्य बीमा बोर्डले घटायो अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क

स्वास्थ्य बीमा बोर्डले घटायो अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क : Icon Khabar

काठमाडौं, माघ १ । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।

बोर्डको आइतबारको बैठकले निर्धारण गरेको नयाँ शुल्क अनुसार अब बीमामा आवद्ध व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्ने छ । यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो ।

‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट २०० र इमरजेन्सी प्याकेज कस्ट ४०० रहेकामा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकाले सो प्याकेज कस्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क ५० र इमर्जेन्सी शुल्क १०० निर्धारण गरियो,’ बोर्डको निर्णयमा उल्लेख छ ।

बोर्डले सूचीकृत भएका स्वास्थ्य संस्थामा उपलव्ध नहुने अवस्थामा रिफर सेवा लिन पाइने निर्णय गरेको छ । यस्तै सूचीकृत हुने सामुदायिक, सहकारी, मेडिकल कलेज र निजी अस्पतालहरुले १०० शय्यासम्म भए सातामा १ दिन, २०० सम्मको भए सातामा २ दिन र ३०० शय्या र सो भन्दा बढी भए हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरंग विशेषज्ञ सेवा प्रदान गर्नुपर्नेछ ।

Published Date: 15 January 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी