राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट नेमकिपामार्फत चार जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट नेमकिपामार्फत चार जनाको उम्मेदवारी : Icon Khabar

हेटौँडा, पुस २३ । राष्ट्रियसभा सदस्य निर्वाचनको रिक्त हुने पदमा बागमती प्रदेशबाट नेपाल मजदुर किसान पार्टीबाट चार जनाको उम्मेदवारी परेको छ ।

बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार नेमकिपाले रिक्त चार वटै क्षेत्र (क्लष्टर) मा उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएको हो ।

हेटौँडा–५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नेमकिपाका नेता तथा कार्यकर्तासहित पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

नेमकिपाले अपाङ्गतातर्फ भक्तपुरका हिमालयश्वर मूल, अन्यबाट काठमाडौंका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरका सङ्गीता नेपाली र महिलातर्फ भक्तपुरकै कृष्णलक्ष्मी दुवालले उम्मेदवारी दर्ता गराएका छन्। चार जनामध्ये एक जनाले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 January 2024






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न