भक्तपुर, पुस २३ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको विशेष आतिथ्यमा काठमाडौं उपत्यका विश्व सम्पदा स्थलको संरक्षण एवम् व्यवस्थापनको लागि गठन गरिएको ‘समन्वय कार्य समिति’ -Coordinative Working Committee- CWC) को बैठक सोमबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
सी. डब्लु. सीका संयोजक पुरातत्व विभाग, सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलको संयोजकत्वमा बसेको उक्त बैठकमा युनेस्कोमा संरक्षणको अवस्थाको रिपोर्ट पठाउने र भक्तपुर दरबार क्षेत्रस्थित सिंहध्वाका दरबारको संरक्षण सम्बन्धमा भएको प्रगतिबारे छलफल भयो ।
बैठकमा बोल्दै उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको सम्पदा संरक्षण र पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउँदै उपत्यका स्थित विश्व सम्पदामा सूचिकृत काठमाईन्।
भक्तपुर नपा वडा नं. ९ दत्तात्रयस्थित विश्वप्रसिद्ध मयुर झ्याल रहेको ऐतिहासिक पुजारी मठ पुनःनिर्माणको क्रममा साबिकमा माटो जोडाइको भवन रहेकोले सोही अनुसार सम्पदाको मर्मबमोजिम माटो जोडाइबाट नै पुनःनिर्माण गर्नुपर्नेमा चुना सुर्की प्रयोग गरी पुनःनिर्माण गरिएको हुँदा हाल उक्त पुनःनिर्माण कार्य रोकिएको बताउँदै उनले सम्पदाहरुलाई अपांगमैत्री बनाउना छुट्टै नीति आवश्यक भएको बताईन्।
उनले नेपाल सरकार संस्कृति मन्त्रालय, पुरातत्व विभाग र नगरपालिकाको संयुक्त बैठकले भक्तपुरको राष्ट्रिय कला संग्रहालय भएको भवन मल्लकालीन शैलीमा बनाउने निर्णय गरे पनि युनेस्कोको ‘सहमति चाहिने’ भन्दै हालसम्म त्यसको पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताईन्।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांले विश्व सम्पदा सूचीमा सूचितकृत सम्पदाहरुको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले गठित समन्वय कार्य समितिको गठन भएको बताए।
उनले चुना सुर्की र सिमेन्टबाट बनेका संरचनाहरु भन्दा माटो जोडाइँका संरचनाहरु तुलनात्मक रुपमा बलियो रहेको बताउँदै सम्पदा संरक्षण र पुनःनिर्माण कार्य प्राप्त प्रमाणको आधारमा मौलिक शैलीमा अगाडि बढाउन विभाग क्रियाशील रहेको बताए।
त्यस्तै भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पुजारी मठको संरक्षण र पुनःनिर्माण कार्य मौलिक स्वरुपअनुरुप माटो जोडाइबाट हुनुपर्ने, दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालयमा राखिएको टेको व्यवस्थापन गर्नुपर्ने र भनपा ९ ब्रम्हायणी मन्दिर जीर्ण अवस्थामा रहेकोले पुनःनिर्माण कार्य गर्नुपर्ने बताए।
उक्त कार्यक्रममा भक्तपुर नपा सम्पदा शाखाका शाखा प्रमुख रामगोविन्द श्रेष्ठले भक्तपुरको सम्पदाहरुको पुनःनिर्माण र संरक्षणको अवस्थाबारे प्रस्तुतीकरण देखाएका थिए।
बैठकमा समन्वय कार्य समितिका सदस्यहरु ललितपुर महानपा सम्पदा शाखा, चाँगुनारायण नपा, पशुपति क्षेत्र विकास कोष, हनुमानढोका दरबार हेरचाह अड्डा, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय ललितपुर तथा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुर, राष्ट्रिय कला संग्रहालय भक्तपुर, बौद्धनाथ क्षेत्र विकास समिति, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, युनेस्कोको काठमाडौं कार्यालय र पुरातत्व विभागका प्रतिनिधिहरुले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाकहरुको जीर्णोद्धारका विषयहरुमा आफ्नो धारणा राखेका थिए।
Published Date: 08 January 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1