हिमालयन रि कारोबार सुरु, शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा पुग्यो

हिमालयन रि कारोबार सुरु, शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा पुग्यो : Icon Khabar

काठमाडौँ, पुस २३ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रि इन्स्योरेन्सको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । पहिलो कारोबार दिनमा नै कम्पनीको शेयर सर्किट लेभलमा बढेर शेयर कारोबाार भएको हो ।

आजको बजारमा हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा कारोबार भएको छ । हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो ।

नेप्सेले कम्पनीलाई प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको शेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 January 2024
Website | + posts