भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाँजासहित दुईजना पक्राउ

भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाँजासहित दुईजना पक्राउ : Icon Khabar

विराटनगर, पुस २३ । भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाँजासहित सुनसरी प्रहरीले दुई जना पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका ६ कोशी कटानबाट झण्डै तीन क्विन्टल गाँजासहित आइतबार राती दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशि गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् ।

उनीहरुले को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । ‘ठूलो परिमाणमा भारत तस्करी हुन लागेको गाँजा बरामद भएको छ,’ एसपी रेग्मीले भने, ‘अहिले तौलिने काम भइरहेको छ ।’ ८ वटा बोरामा गाँजा र साना पोकाहरुमा पनि बरामद भएको छ । गाजाको एउटा बोरा करिब २८ केजी तौल रहेको प्रहरिले जनाएको ६ ।

भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । कोशी काटनमा ल्याएपछि ट्याक्टरमा मुनी गाँजा र माथिबाट बालुवा भोरेर भारत तस्करी गर्न लागेको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 January 2024
Website | + posts


ताजा
विराटनगरको भाटभटेनीमा पनि भेटियो शव
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठक अहिले अपरान्ह ४ बजे
चीनको क्रिमसन स्न्यापर माछा: नुन हालि, घाममा सुकाउने डान्झाउको प्राचीन विधि अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो