म्यानचेष्टर सिटीसँग हडर्सफिल्ड ५-० गोलले पराजित

म्यानचेष्टर सिटीसँग हडर्सफिल्ड ५-० गोलले पराजित : Icon Khabar

काठमाडौँ, पुस २३ । म्यानचेष्टर सिटीले हडर्सफिल्डलाई पराजित गरेको छ। एफए कप अन्तर्गत गएराति भएको खेलमा सिटीले हडर्सफिल्डलाई ५-० गोलले पराजित गरेको हो।

इतिहाद स्टेडियममा फिल फोडनले ३३ औं ६५ औं मिनेटमा गोल गरेका थिए। जुलियन एल्भारेजले ३७ औं मिनेटमा गोल गरे।

५८ औं मिनेटमा हडर्सफिल्डका बेन ज्याकसनले आत्मघाती गोल गरे। ७४ औं मिनेटमा जेरेमी डोकुले एक गोल थपेपछि सिटी ५-० ले विजयी भएको हो।

जितसँगै सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 January 2024
Website | + posts